क्यासेटमा स्वागत छ

इन्टरनेटले गर्दा सबैले आफ्नो मनमा लागेको कुराहरू राख्न सजिलो बनाइ दिएको छ। नेपालमा धेरैले फेसबुक चलाउँछौँ र यहाँ नै धेरै कुरा राख्छौँ, फोटो र भिडियो राख्छौँ, कमेन्ट र सेयर गर्छौं। तर फेसबुकमा आफूलाई केही लामो लेख राख्न मन छ भने त्यसको लागि भने यो बनाएको होइन।

लामो लेखहरू हामी अनलाइन मिडियाको वेबसाइटमा पाउँछौं, प्रायजसो फेसबुकमा देखेर त्यो पढ्न पुग्छौं। तर अरु कसैको अनलाइनमा लेखेपछि आफ्नो लेखहरूलाई अरुले नै मिलाउने भइहाले। शीर्षक फरक बन्छ, कहिलेकाहीँ लेखिएको कुरा भन्दा फरक अर्थ आउने गरी। कति मान्छेले आफ्नो लेख रुचाउनु भयो भनेर थाहा पाउने भनेको कति वटा कमेन्ट आएछन् र कति सेयर भए छन् भनेर मात्रै हो। त्यस माथि प्रायजसो लेखहरूको लागि पारिश्रमिक पाइन्न। लेखकहरू आफ्नो कुरा धेरै मान्छेमा पुग्यो भनेर त्यतिमै खुसी हुनुहुन्छ। 

अनलाइन मिडियाहरुमा जति पनि आफ्नो लेखहरू आउँछन् तिनीहरू तात्तातो छ भने त्यो अनलाइन ले नि वेबसाइटमा देखाउने भयो, नत्र सेलाउँछ किनभने न्युज मिडियाको काम नै तातो कुरा पस्किने हो। तर जसले आफ्नो लेखहरू राख्नुहुन्छ कति बाह्र महिना नै पढ्नलाई ठिक हुने कुराहरू हुन्छन्। त्यस्तो लेखहरू हामीलाई युट्युबले आफ्नो फिडमा देखाएको जस्तो गरेर देखाउँदैन। धेरै लेखहरू जुन धेरैलाई काम लाग्न सक्छन, लुकेर बसेका छन्। 

त्यसो भए क्यासेटमा तपाईंले के गर्न सक्नु हुन्छ त?

पाठकको लागि 

१. पढ्नको लागि हाम्रो होमपेजमा सबैभन्दा नयाँ लेखहरू देख्न सक्नुहुन्छ 

२. आफूलाई रुचि लाग्ने विषय अनुसार लेखहरू हेर्नलाई त्यो मात्रै छान्न सक्नुहुन्छ 

३. कोही लेखकको सबै लेखहरू हेर्न मन छ भने उहाँको नाममा थिचेर उहाँको प्रोफाइल हेर्न सक्नु हुन्छ

लेखकको लागि 

१. आफ्नो लेख आफैं, आफूले चाहेको समयमा प्रकाशित गर्न सक्नुहुन्छ। नियमित रूपमा लेख्न मन छ वा आक्कल झुक्कल लेख्न मन छ, सबैले लेख्न सक्नुहुन्छ। 

२. तपाईंले लेख्नु भएको विषयमा रुची भएको पाठकहरूले आएर पढ्न सक्नुहुन्छ। आफूले पाठकहरू कताबाट ल्याउने भनेर चिन्ता गर्नु परेन। 

३. अरु कतै छापिएको लेख पनि यहाँ राख्न सक्नुहुन्छ। क्यासेटमा पढ्ने जसले तपाईंको लेख पढ्नु भको छैन, यहाँबाट पढ्न सक्नुहुन्छ। 

४. आफ्नो पुरानो लेखहरू पनि सबै यहाँ राख्न सक्नुहुन्छ। जसरी युट्युबले पुरानो भिडियोहरु पनि आफ्नो रुची अनुरुप फिडमा पेस गर्छ त्यसरी नै हामी पनि लेखहरू पाठकलाई पेस गर्छौ।

५. हामीले छिट्टै क्यासेटमा बिज्ञापनहरू देखाउन थाल्छौँ र त्यो बाट कमाएको पैसा लेखकहरूलाई बाँडछौं। भर्खर सुरु गरेको भएर सकेसम्म धेरै रकम लेखकलाई बाँडने हेतु राखेर हामीले सतप्रतिशत बिज्ञापनबाट कमाएको पैसा लेखकलाई दिन्छौँ। पछि गएर तीस प्रतिशत क्यासेटले राख्नेछ भने सत्तरी प्रतिशत लेखकहरूलाई बाँड्नेछौं। क्यासेटमा लेखेर पारिश्रमिक पनि पाउनको लागि हामी छिट्टै सुरु गर्छौ। 

६. नेपाली भाषा बाहेक अरु भाषामा लेख्न चाहनुहुन्छ भने पनि लेख्न सक्नुहुन्छ। अरु भाषामा लेखिएको लेखहरू सपोर्ट हामी छिट्टै बढाउँछौँ। अहिलेलाई चाहिँ नेपालीमा मात्रै लेख्नु होला। 

हाम्रो काम भनेको लेखकहरूलाई आफ्नो लेखहरू प्रकाशन गर्न सजिलो बनाउने अनि पाठकहरूलाई वहाँहरूको रुची अनुसारको लेखहरू देखाईदिने हो। हामी यही गर्नलाई तत्पर भएर निरन्तर लागिरहने छौँ।